गुरुङ समुदायभित्र छिरेको 'बहिष्कार अभियान' तर अगुवाहरू धुमधाम मनाउँछन् दशैं

लोकान्तर

काठमाडौं

गुरुङ जातिको बाहुल्य रहेको गण्डकीमा आजभन्दा १ दशकअघि दशैं बहिष्कार अभियान चल्यो । अभियान चलाउने गुरुङ समुदाय नै थिए । त्यत्तिमै सीमित रहेन अभियान, दशैं जनजातिको होइन, हिन्दूहरूको हो भनी बहिष्कार हुँदा सम्भावित जातीय खललको डर उत्पन्न समेत भयो । 

त्यसैबीचमा संस्कृतिविद् डा. जगमान गुरुङले सम्झाउने प्रयास गरे । उनले नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतमा भेद नभएको, एकअर्काको आन्द्रा गाँसिएको तर्क प्रस्तुत गर्दै सबै समुदायको पर्व दशैं हो भनी आफ्नै गुरुङ समुदायलाई सम्झाएका थिए । 

उनी अझै पनि दाबीका साथ भन्छन्, ‘दशैं जनजातिको पर्व होइन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।’

प्रकाशित मिति: : 2021-10-13 17:17:00

प्रतिकृया दिनुहोस्