कोभिड १९ को असर : बालबालिकामा मानसिक विक्षिप्तता

अनलाइनखबर

सागर बुढाथोकी

कोभिड १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन्। यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन्।

कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहे। यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ।

कान्ति बाल अस्पतालमा विगतमा भन्दा यसपटक धेरै अभिभावक मानसिक स्वास्थ्य समस्या भएका आप्mना बालबालिका लिएर आएका छन्। अस्पतालको मानसिक विभाग प्रमुख डा. अरुणराज कुँवर यसलाई अत्यन्तै चिन्ताजनक मान्छन्।

महामारीकालमा घरमै थुनिएर टेलिभिजन र इन्टरनेटमा भुलिन बाध्य भएका धेरै बालबालिकामा कोरोनाको त्रासले गम्भीर असर परेको उनले बताए।

प्रकाशित मिति: : 2021-10-13 15:19:00

प्रतिकृया दिनुहोस्