बिएल संवाददाता
सल्यानमा बुवाले खुर्पा प्रहार गरेर छोराको हत्या गरेका छन्। बन्गाड कुपिण्डे नगरपालिका– १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको मंगलबार राति हत्या गरेका हुन्।
मदिराले मातेका बुवा-छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खुर्पा प्रहार गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बिएल नेपाली सेवालाई बताए।
'घटना हिजाे रातिकाे हाे, सामान्य विवादका क्रममा बाबुले खुर्पा प्रहार गरी हत्या गरेकाे खुलेका छ', डिएसपी थापाले,'विवाद मासुकाे विषयमा भएकाे रहेछ।'
(हिजाे) मंगलबार दिउँसो गाउँमा राँगा काटेको र भागबण्डा गर्ने क्रममा बाबु निमबहादुरले आफूलाई हड्डी-हड्डी मात्रै दिएको भनेर विवाद सुरू गरेपछि छोरा रुपलालले बाबुलाई धकलेर घर जान भनेका थिए। सार्वजनिक स्थलमा छोराले आफूलाई धकेलेर अपमान गरेको भन्दै बुवा निमबहादुर आक्रोशित भएर छाेराकाे हत्या गरकाे निमबहादुरले बयानमा बताएकाे प्रहरीले जनाकाे छ।
रुपलालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा लगिएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया