बिएल संवाददाता
सल्यानमा बुवाले खुर्पा प्रहार गरेर छोराको हत्या गरेका छन्। बन्गाड कुपिण्डे नगरपालिका– १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको मंगलबार राति हत्या गरेका हुन्।
मदिराले मातेका बुवा-छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खुर्पा प्रहार गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बिएल नेपाली सेवालाई बताए।
'घटना हिजाे रातिकाे हाे, सामान्य विवादका क्रममा बाबुले खुर्पा प्रहार गरी हत्या गरेकाे खुलेका छ', डिएसपी थापाले,'विवाद मासुकाे विषयमा भएकाे रहेछ।'
(हिजाे) मंगलबार दिउँसो गाउँमा राँगा काटेको र भागबण्डा गर्ने क्रममा बाबु निमबहादुरले आफूलाई हड्डी-हड्डी मात्रै दिएको भनेर विवाद सुरू गरेपछि छोरा रुपलालले बाबुलाई धकलेर घर जान भनेका थिए। सार्वजनिक स्थलमा छोराले आफूलाई धकेलेर अपमान गरेको भन्दै बुवा निमबहादुर आक्रोशित भएर छाेराकाे हत्या गरकाे निमबहादुरले बयानमा बताएकाे प्रहरीले जनाकाे छ।
रुपलालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा लगिएकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया