‘भाङ’ होइन ‘भाङ्गो’!

हिमाल खबर

स्मिता मगर

रुकुम पूर्व, झुम्लावाङका बासिन्दा र बुटीबीच रहेको गहिरो सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सरकारले बुझ्न सकेको छैन।

बाटोमा हिंडेका वेला होस् या बस्तुभाउको गोठालो लागेको, बैठकमा भेला भएका वेला होस् या दिनभर काम गरेर थकाइ मार्न बस्दा, रुकुम पूर्वको झुम्लावाङका महिलाहरूका हात कहिल्यै खाली हुँदैनन्।

आफूले बोकेको झेला, डोको या ओढेको गादो (घलेक)मा पोका पारेर राखेको भाङ्गोेको एक मुठा धर्सा निकालिहाल्छन्। त्यो मुठालाई काखीमा च्याप्छन् र एक हातले धर्सा तान्दै, फुरफुर धूलो उडाउँदै नमिलेको धर्सा दाँतले एकैनासे बनाउँदै अर्को हातले टाकु फनफन फिर्काउँदै धागा कात्न शुरू गरिहाल्छन्।

प्रकाशित मिति: : 2021-10-11 21:41:00

प्रतिकृया दिनुहोस्