समृद्धि मात्र होइन, समतामूलक समृद्धि

तपाईंले घडीको बारेमा एउटा कुरा याद गर्नुभएको छ? सबै ब्रान्डका नयाँ घडीको बाहिर बट्टामा वा विज्ञापनमा घडीमा १० बजेर १० मिनेट गएको हुन्छ। त्यसो किन गरिन्छ, थाहा छ? यो बारेमा धेरै भ्रम र कथाहरू छन्। तर, वास्तविकता के हो भने १० बजेर १० मिनेट जाँदा घन्टा र मिनेटको सुइ जसरी ‘भी’ जस्तै आकार बनाएर बस्छन्, त्यसले मुस्कानलाई प्रतिनिधित्व गर्छ। खुसीलाई प्रतिनिधित्व गर्छ।

टाइमेक्सलगायत केही घडी कम्पनीले सुरुमा बट्टाहरूमा ८ः२० को समयमा राख्ने गरेका थिए, जहाँ दुइटै सुइ तल फर्किएका हुन्थे। यो समयले दुःखी अनुहारलाई प्रतिनिधित्व गथ्र्याे। एउटा अध्ययनमा १०ः१० समय राखेर व्यापार गरिएको घडी ०८ः२० समय राखेर व्यापार गरिएको घडीभन्दा धेरै बिकेको पाइयो। र, सबै कम्पनीहरूले १०ः१० कै समय राखेर विज्ञापन गर्न थाले। यो उदाहरणले मलाई दिएको सबैभन्दा महत्वपूर्ण सन्देश हो– अबको संसार र मानिसको जीवनको उद्देश्य खुसी हो, मुस्कान हो।

संसारमा एउटा यस्तो देश छ, जहाँ वर्षमा करिब दुई समय ठन्डी हुन्छ। करिब–करिब वर्षमा दुई महिना सूर्य नै उदाउँदैन। तापक्रम माइनस २० डिग्रीसम्म पनि पुगिरहेको हुन्छ। तर पनि त्यो देश अर्थात् फिनल्यान्ड लगातार चौथो वर्ष पनि ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२१’ मा एक नम्बरको खुसी देशमा दर्ज भएको छ। १५३ देशहरूको यो सूचीमा नेपाल ८७औँ स्थानमा छ, भारत १३९औँ स्थानमा। अर्काे छिमेकी चीन ८४औँ स्थानमा छ। अर्थतन्त्रका हिसाबले तेस्रो अनि पहिलो बन्दै गरेका भारत र चीन पनि प्रतिवेदनको पुछारतर्फै छन्। यो तथ्यांकले बताउँछ, आर्थिक रूपले समृद्ध हुनु र समग्रमा समृद्ध हुनमा अन्तर छ। किनकि, धनी हुनु र खुसी हुनु एउटै कुरा होइन।

 

प्रकाशित मिति: : 2021-10-09 20:41:00

प्रतिकृया दिनुहोस्