रातदिन नभनी बालबालिकाको उपचारमा समर्पित मेहनती डा. मोहन

लोकान्तर

लखन चाैधरी

धनगढीका नवजात शिशु तथा बाल रोग विशेषज्ञ ३८ वर्षीय डा. मोहन साउँदको हप्ताका अधिकांश रातहरू अनिदो बित्छन् । चिकित्साकीय पेशामा उनको दक्षता र सहजै उपलब्धताले कहिलेकाहीँ मध्यरातिमा पनि उनको फोनको घण्टी बज्छ र उनी कर्म गर्न तम्तयार हुन्छन् ।

उनी भन्छन् ‘मेरो नियमित ड्युटी बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुन्छ तर म जो सुकैको सहज पहुँचमा हुने हुँदा मध्यरातिमा पनि मानवीय धर्म निर्वाह गर्छुु ।’

उनी धनगढीस्थित माया मेट्रो अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् । अस्पतालको व्यवस्थापकीय जिम्मेवारी र उनको पेशाप्रतिको लगावले सिंगो अस्पताल नै बाल रोग उपचार हबको रूपमा परिणत हुँदै गएको छ ।

धनगढीमा बाल रोग उपचार हुने अस्पताल र चिकित्सक नभएका होइनन् तर स्थापनाको छोटो अवधिमै धनगढीकै मुख्य उपचारको केन्द्र तथा रेफरल अस्पतालको रूपमा अस्पतालले ख्याति कमाउन थालेको छ । अस्पताल २०७५ भदौ १५ गतेदेखि सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: : 2021-10-09 16:22:00

प्रतिकृया दिनुहोस्