किताब लेखेर बस्छु भन्ने घनश्यामले किन कित्ता बदले ? (भिडियो अन्तर्वार्ता)

शिलापत्र

काठमाडौँ

तीन महिनाअघिसम्म एमालेभित्र उपमहासचिव घनश्याम भुसाल विभाजनको पक्षमा नउभिने र किताब लेखेर बस्ने बताउँथे । १० बुँदे सहमतिपछि उनी एमालेमै रहे ।  पार्टी विधान महाधिवेशनमा १० बुँदे सहमतिको कार्यान्वयन, संसद्‌ विघटनलगायत विवादित विषयमा छलफल पनि भएन । भुसालसहित अरुले यो विषयलाई प्रमुखताका साथ विधान महाधिवेशनमा किन उठाएनन् ?  किताब लेख्छु भनेका भुसालले किन कित्ता परिवर्तन गरे ?  अब यी विवादित विषयमा कहाँ छलफल हुन्छन्  ? मञ्चमा दलाल पुँजीवादको विरोध गर्ने  महाधिवेशन प्रतिनिधि व्यवसायीलाई बनाउने जस्ता विरोधाभास काम एमालेमा किन भइरहेको छ ? विवादित विषयलाई थाँती नै राखेर के एमालेले विधान महाधिवेशनको सान्दर्भिकता स्थापति गर्न सक्यो ? शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतले एमाले उपमहासचिव घनश्याम भुसाललाई सोधेका छन् ।

पार्टी विभाजन भएको अवस्थामा कुनै कित्तामा नलागेर मार्क्सवाद पढाउँछु भन्नुभएको थियो नि ?

म दल विभाजनको पक्षमा सुरुदेखि नै थिइनँ । मैले माधव कमरेडलाई विभाजन हुनुभन्दा पढाएर बस्छु भनेको थिएँ । परिस्थिति के थियो भने ओली कमरेडले एमालेको ढोका बन्द गरिहरहनुभएको थियो । २८ फागुनमा आफ्नो टिमको बैठक बसेर पार्टीको बैठक भन्दै कारबाही सुरु गर्नुभयो । ओली कमरेडले एमालेभित्र ढोका बन्द गरेको अवस्था थियो । त्यो अवस्थामा म विभाजनको पक्षमा नरहेकाले मार्क्सवाद पढाएर बस्नुको विकल्प थिएन । छलफलको दौरानमा ढोका खोलियो । ढोका खोल्दा नारा, जलुस भयो, अनेक भयो ।

प्रकाशित मिति: : 2021-10-08 22:06:00

प्रतिकृया दिनुहोस्