बिएल संवाददाता
गत शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आइतबार समापन भइसकेको छ।
कार्यक्रम ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिनसम्म चलेको थियो। कार्यक्रममा ६ हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागीता जनाए भने दुई सयभन्दा बढी स्वयंसेवकले सहयाेग गरे।
तीन दिनसम्म कार्यक्रम चलिरहँदा धेरैले कार्यक्रम स्थलसम्म पुग्ने सडक मर्मत गर्नुपर्नेसमेत सुझाव दिए। कार्यक्रमस्थलको बाहिर गेटमा पुगेपछि एमालेकै धैरै प्रतिनिधिहरुले सडक सुधार आवश्यक रहेको टिप्पणी गरेका थिए।

केही प्रतिनिधिहरुले यस्तो समेत भने, 'कार्यक्रमको हल पनि भव्य रहेछ। वातावरण पनि शान्त र सुन्दर रहेछ। तर, लाजमर्दो कुरा भनेको यहाँसम्म आइपुग्ने बाटो रहेछ। अन्तर्राष्टि हलमा पक्कै पनि अन्तर्राष्ट्रिय कार्यक्रमहरु होलान्। अन्तर्राष्ट्रिय व्यक्तिहरु पनि आउलान्। अब आफै सच्नुहोस् त, ती व्यक्तिहरुले यस्तो बाटो देखेपछि के भन्लान् ?'
बरु बाटोभरी पार्टीका झण्डा र ध्वजा टांगिएका थिए। सात्दोबाटोदेखि गोदावारीस्थित कार्यक्रमस्थलसम्म करिब ४० वटा गेट बनाइएका थिए भने दुई हजारभन्दा बढी ध्वजाहरु झुण्डाइएका थिए। भुँइमा, रुखमा, भित्तामा, छाप्रोमा, पर्खालमा लगायत अन्य विभिन्न ठाउँहरुमा ध्वजा झुण्डाइएका थिए।

अन्ततः एमालेको प्रथम विधान महाधिवेशन भव्य रुपले सम्पन्न भइसकेको छ। तीन दिनसम्म सनराइज सम्मेलन केन्द्र निकै भरीभराउ बन्यो। मुख्य हलमा करिब ३५ सय प्रतिनिधि मात्रै अटाए भने अन्य प्रतिनिधिको लागि दायाँ-बायाँको खाली हलहरूमा १-१ हजार प्रतिनिधिहरू बस्न मिल्ने गरी व्यवस्थापन थियो।
कार्यक्रम चलिरहेको हलभन्दा बाहिर पनि विभिन्न नेता, कार्यकर्ता, सुभेच्छुकहरुको भीड नै थियो। भवनको वरिपरी विभिन्न टेन्टहरु बनाइएका थिए। चारैतिर पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठूला पोस्टरहरु उभाइएका थिए।
ओलीसँग भेटेर फोटो खिच्न सम्भव नभएपछि धेरै प्रतिनिधिहरुले ओलीकै ठूला तस्वीरहरुसँग फोटो खिचाइरहेका थिए। सेल्फी लिइरहेका थिए।

अझ बढी महिला प्रतिनिधिहरु फोटो खिचाउँनमा तल्लीन थिए।
रातो सारी, रातो कुर्ता, रातो टिसर्ट र रातै क्यापमा सजिएका उनीहरु ओलीको तस्वीरसँग भए पनि फोटो खिचाउँदा दंग-मख्ख परेका थिए।
महिलाहरु पालै-पालो गरेर फोटो खिचिरहेका थिए। कसैले ओलीको तस्वीरलाई अंगालोमा हालेर फोटो खिचाए भने कतिपयले ओलीको तस्वीलाई किस नै गरेर फोटो खिचाए।

छेउकै एक जना नेताले पनि भनिहाले, 'रातो क्पापवाली बैनीहरु, रमाइला रहेछाै।'



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया