बार–बेन्च विवादले संवैधानिक इजलास बन्धक

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ अनिश्चित

न्यायाधीश हरि फुँयालको एकल इजलासले मुद्दाको सुनुवाइ रोक्न संवैधानिक इजलासलाई आदेश दिएपछि उत्पन्न बार–बेन्च विवाद साम्य नहुँदा संवैधानिक परिषद्सम्बन्धी रिटमाथिको सुनुवाइ अनिश्चित बनेको छ। बार–बेन्च विवादले परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछिका नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ एक महिनादेखि रोकिएको छ। 

अध्यादेशसम्बन्धी रिटसँगै जोडिएको एक रिटमाथि ८ असोजमा इजलास तोकिए पनि बारले एमिकस क्युरी नपठाएपछि बार–बेन्च विवाद सतहमा मात्र आएन, रिटमाथिको सुनुवाइमै प्रभाव प¥यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासबाटै यसको निरुपण गर्ने बताए पनि उनले सहमति पालना नगरेको भन्दै कानुन व्यवसायी असन्तुष्ट छन्।

बुधबार र शुक्रबार बस्ने संवैधानिक इजलासमा गत साता यससम्बन्धी रिटको सुनुवाइ हुन सकेन। शुक्रबार संवैधानिक इजलास नै बसेन। वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की बिदामा भएको र अर्का न्यायाधीश विश्वम्भर श्रेष्ठ उपस्थित नभएकाले संवैधानिक इजलास नतोकिएको हुन सक्ने सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले बताए। ‘इजलास राख्ने–नराख्ने प्रधानन्यायाधीशको जिम्मेवारी हुन्छ। तर, वरिष्ठ न्यायाधीशहरू नहुँदा नराखिएको हो कि,’ उनले भने। 

प्रकाशित मिति: : 2021-10-04 11:21:00

प्रतिकृया दिनुहोस्