अप्ठ्यारोमा मुख्यमन्त्री राउत

हिमाल खबर

वीरेन्द्र रमण
मुख्यमन्त्री लालबाबु राउत। तस्वीरहरू : वीरेन्द्र रमण/हिमालखबर
मुख्यमन्त्री लालबाबु राउत। तस्वीरहरू : वीरेन्द्र रमण/हिमालखबर

विपक्षी र सत्ता साझेदार दल मात्रै होइन, आफ्नै मन्त्रीहरूबाट समेत सहयोग नपाइरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेपछि झन् दबाबमा परेका छन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अप्ठ्यारोमा पर्दै गएका छन्। पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेपछि थप सङ्कटमा परेका छन्।

प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि १५ असोजमा अख्तियारले छापा हानेको हो। कार्यक्रमका लागि साइकल खरीदमा अनियमितता भएको आरोप छ।

अख्तियारले छापा हानेसँगै उनलाई पार्टीभित्र पनि दबाब पर्न थालेको छ। पार्टी बाहिरबाट घेराबन्दीमा पर्दै आएका उनलाई यो घटनाले पार्टीभित्र पनि घराबन्दी शुरू भएको एक नेताले बताए।

प्रकाशित मिति: : 2021-10-02 06:34:00

प्रतिकृया दिनुहोस्