एलन मस्कले तोडे प्रेमिकासँगकाे सम्बन्ध

एजेन्सी

काठमाडाै‌
फाइल तस्वीर
फाइल तस्वीर

विश्वका दाेश्राे धनी व्यक्ति एलन मस्कले आफ्नी प्रेमिका ग्रिम्ससँग सम्बन्ध तोडेका छन्। गायिका ग्रिम्स र टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

उनीहरु दुवैले आपसी सहमतिमा छुट्टिएको बताएका छन्। दुवैले आफ्नो एक वर्षका छोराको रेखदेख भने मिलेर गर्ने अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएकाे छ।

मस्कले पूर्वप्रेमिका ग्रिम्सलाई अझै पनि माया गर्ने भएकाले दुईको सम्बन्ध राम्रो भएको उल्लेख गरेका छन्। मस्कले आफ्नो कामका कारण टेक्सस वा सफारमा रहनुपर्ने र गायिका ग्रिम्स लस एन्जल्समा भएकाले भेटघाट कम हुने गरेको खुलासा पनि गरेका छन्।

 

प्रकाशित मिति: : 2021-09-28 13:59:00

प्रतिकृया दिनुहोस्