बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशकाे हिमाली जिल्ला हाे- बझाङ्ग।
बझाङ्ग भन्नबित्तिकै जाे काेहीले पनि जयपृथ्वी बहादुर सिंहलाई सम्झन्छन्, जसले नेपालकाे शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरे। त्यतिमात्र हाेइन, सिंह एक मानवतावादी राजा पनि थिए।
यस जिल्लाको नाम कसरी 'बझाङ्ग' रहन गयाे भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ।
बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छवसपाथिभेरा गाउँपालिका पर्ने एउटा शिखरमा दरवार(कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा) फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरवको रुपमा स्थापित गरी पुजा गरे।

अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा बज्र परेछ। तर कालभैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ। कालान्तरपछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ।
चौविसे राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए।
यस जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपुर्ण रहेको छ। यस जिल्लाको पूर्वमा बाजुरा, पश्चिममा वैतडी र दार्चुला, दक्षिणमा अछाम र डोटी तथा उत्तरमा हुम्ला र चिनको स्वशासित प्रदेश तिब्बत पर्दछ।

यस जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकाशिदै सेतीको सगरमाथा मान्न सकिने बझाङ्गको शिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म फैलिएको छ। जिल्लामा जम्मा २ नगरपालिका १० गाउँपालिका गरेर जम्मा १२ वटा स्थानीय तहहरु छन्।



बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया