०७७ सालकाे 'पद्मश्री पुरस्कार' मोक्षभूमि र 'पद्मश्री सम्मान' आचार्यलाई प्रदान गरिने

०७७ सालकाे पद्मश्री पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई र पद्मश्री सम्मान गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई प्रदान गरिने भएकाे छ।

करीब सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरिएको उपन्यास ‘मोक्षभूमि’ लाई पद्मश्री पुरस्कार अर्पण गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए।

त्यस्तै, अध्यक्ष  लामिछानेका अनुसार यस वर्षको पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीत–सङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय भएको हाे।

पुरस्कार र सम्मान दुवैको राशी रु.तीन-तीन लाख रहेको छ। दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिंदै आएको भए पनि विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-28 08:12:00

प्रतिकृया दिनुहोस्