'ज्वाइँ त देउतै छन् नि, के गर्नु छोरो पो...'

सेतोपाटी

काठमाडाैं

गाउँबाट उच्च शिक्षा र राम्रो करियर रोज्न सहर छिरेकी एक जना दिदीले 'सहरिया' भिनाजुलाई आफ्नो बनाउने निर्णय गरिन्। कलेज पढ्दापढ्दै भएको चिनजानलाई राजीखुसीमा दुवै जनाले बिहेमा परिणत गरे।

'भौगोलिक रूपमा गाउँ-सहर भए पनि जातपात सबै कुरा मिल्ने भएका कारण पारिवारिक रूपमा कुनै पनि समस्या भएन', कुरैकुरामा दिदीले सुनाएकी थिइन्। सहरिया  शिक्षित परिवारमा बुहारी बनेर भित्रिएकी दिदी निकै खुसी थिइन्। साथीको दिदी भएकोले आफ्नै दिदीजस्तै व्यवहार हुन्थ्यो।

भिनाजु गैरसरकारी संस्थामा जागिरे। दिदीलाई भने सरकारी जागिर खाने हुटहुटी थियो। जसरी पनि सरकारी जागिर खाएर बाउआमाको इज्जत राख्ने दिदीको चाहना थियो। यो चाहनामा भिनाजु पनि साथ थिए।

बिहान दुवै जनाले घरको काम गर्थे, दिदीका हरेक काममा भिनाजुले सघाउँथे। घरको काम जुन घोषित रूपमै महिलाको कोटामा पारिएको हुन्छन्, त्यस्ता अधिकांश काममा भिनाजुले सघाउँथे।

बुवाआमा दिदी भिनाजुसहित चार जनाको खुसी परिवार थियो। नन्दको बिहे भइसकेको थियो।  घरका कुनै पनि कामलाई महिला पुरूषको भनेर कामको वर्गीकरण गरिएको थिएन।

भिनाजुका बुवाले पनि आमालाई घरको काममा निकै सघाउँथे, सायद त्यसकै प्रभावले पनि हुन सक्छ भिनाजुले काममा विभेद गरेनन्। बिहान घरको काम दुवै जना मिलेर गर्थे, भिनाजु खाना खाएर अफिस जान्थे, दिदी लोक सेवा आयोगको तयारी कक्षा लिन जान्थिन्।

घरमा आएपछि पढाइ हुँदैन भनेर साथीभाइसँग ग्रुपमा छलफल गर्ने, थप अभ्यास  गर्दा भिनाजु अफिसबाट फर्कने बेला हुन्थ्यो। बिहान नौ बजे सँगै घरबाट निस्केका दिदी भिनाजु साँझ ६ बजेतिर सँगै घर फर्कन्थे।

लोक सेवामा नाम ननिकालेसम्म बच्चा समेत नजन्माउने अठोटमा थिइन् दिदी।

प्रकाशित मिति: : 2021-09-27 16:13:00

प्रतिकृया दिनुहोस्