
बिएल संवाददाता
सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ।
मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो।
आज बिहान करिब १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो।
दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन। दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ। दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया