बिएल संवाददाता
तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्नुहुन्थेन। नाम लेख्नपरे अरूको सहारा लिनुपथ्र्यो।
६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो। तर गत वर्षदेखि उनले ले आफ्नो नाम आफैँ लेख्न सक्ने भएकी छन्।
रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी हुन्।
चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेकी उनले भनिन् “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो।”
सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छिन्। क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताए। “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ,” श्रेष्ठले बताइन्।
इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएका थिए। “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उनले बताइन्।
क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो। त्यो बेला दश जनाले सहभागिता जनाएका थिए। यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया