मनास्लुकाे चुचुराेमा पाकिस्तानका कान्छा आरोही

File Photo
File Photo

१९ वर्षीय पाकिस्तानी किशाेर शेरोज काशिफले मनास्लु हिमालकाे सफलतापूर्व आरोहण गरेका छन्। आज (शनिबार) बिहान ६ बजेर २५ मिनेटमा मनास्लु हिमालकाे चुचुराेमा पुगेकाे उनले सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन्।

उनी विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढ्ने कान्छा हिमाल आरोही हुन्।

११ वर्षकाे उमेरदेखि हिमाल आराेहण सुरू गरेका उनले यसै वर्षको जुलाई २८ मा माउन्ट केटु चढेका थिए। उनले १२ वटा अन्य अग्ला हिमालसमेत आरोहण गरिसकेका छन्।

उनले ११ वर्षको उमेरमा मकरा पीक (३८८५), १२ वर्षको उमेरमा मुसा कामुसल्ला (४०८० मिटर) र चम्ब्रा पीक (४६०० मीटर), १३ वर्षमा मंगलिकसर (शिमशल, ५०५० मिटर), १४ वर्षमा गोन्डोगोरो ला के–२ बेस क्याम्प (५५८५ मीटर), १७ मा खुर्दो पिन पास (५८०० मिटर), १७ मा ब्रोड पीक (८०४७ मि) र १८ वर्षको उमेरमा खुसार गङ (अल्पाइन शैली ६०५० मिटर) चढिसकेका छन्।

प्रकाशित मिति: : 2021-09-25 10:22:00

प्रतिकृया दिनुहोस्