बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ।
बागमती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव सङ्कलन गरिने छ। कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ।
बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ। स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साङ्गठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया