आइतबार, १६ नोभेम्बर २०२५

नेपाल बेष्ट म्युजिक –२०२१ अवार्ड असोज १८ मा हुँदै

File Photo
• • •

बेष्ट म्युजिक अवार्ड–२०२१ यही असोज १८ गते हुने भएको छ। अवार्ड चन्द्रागिरिमा स्थित चन्द्रागिरि हिल रिसोर्टमा हुने भएको हो।

नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा रहेको म्युजिक भिडियो अवार्डलाई तुलसी मिडियाले आयोजना गर्न लागेको हो। नेपाली कला क्षेत्रमा लोकप्रिय कलाकारहरूको उपस्थिति रहने भएको छ।

यस अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!