जनगणना गर्न गएकालाई उल्टै प्रश्न- तपाईंलाई भनेर के पाइन्छ र?

कैलालीको कैलारी गाउँपालिका-२ का केही टोलहरूमा दलित परिवारको बस्ती छ।

 सविता बुढा

त्यो बस्तीमा बसोबास गर्ने दलित समुदायका धेरै समस्या छन्। रोजगारीदेखि शिक्षा-स्वास्थ्यसम्मका अनेक समस्या छन् भनेर गुनासो गर्ने ठाउँ भने छैन।

स्थानीय मानमती कामी सरकारले आफ्नो घरआँगनका गुनासा सुन्नसमेत कसैलाई नपठाएको बताउँछिन्।

टोलमा यसपालि भने सरकारी मान्छे आए। झोला र कागजात बोकेर आएका उनीहरूलाई देखेर गाउँले दंग परे।

उनीहरू थिए जनगणना २०७८ का लागि आएका सुपरीवेक्षक। जनगणना गर्न आएका सुपरीवेक्षकसँगै गाउँलेले आफ्ना पीरमर्का पोखे। जबकी उनीहरू त्यहाँ गाउँलेका पीरमर्का सुन्न गएकै थिएनन्।

सोही वडाकी सीता चौधरी पनि सुपरीवेक्षकमध्ये एक हुन्।

खास उनी केन्द्रीय तथ्यांक विभागले तयार पारेर पठाएका प्रश्नहरू सोध्न गएकी थिइन्। तर उनले त्यहाँका बासिन्दाबाट उत्तरभन्दा धेरै प्रश्न सुन्न पर्‍यो। सरकारलाई त्यहाँका मान्छैले सोधेका प्रश्न।

धेरैजसोले सहजै जवाफ नदिएको उनले बताइन्।

प्रकाशित मिति: : 2021-09-24 10:41:00

प्रतिकृया दिनुहोस्