बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ। कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ। नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो।
व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ।
कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो। नेपाल बैंक रु २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रु २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रु २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रु २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन्।
हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया