धैर्यको बाँध टुट्ने खतरा

नयाँ पत्रिका दैनिक

डा. प्रकाशचन्द्र लोहनी

संसद्मा भइरहेको अवरोधले संविधान निर्माताहरू संविधानका बारबन्देज र मूल्य–मान्यता भत्काउन प्रतिबद्ध छन् भन्ने पुष्टि गरेको छ

पछिल्लो समयमा प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जुन अवरोध गर्दै आइरहेको छ, त्यसलाई सामान्य अवरोधका रूपमा मात्र हेर्न मिल्दैन। यस अवरोधले २०७२ का संविधान निर्माताहरू त्यो संविधानले राखेका बारबन्देज र मूल्य–मान्यतालाई भत्काउन प्रतिबद्ध छन् भन्ने पुष्टि गरेको छ। यदि आफूलाई संविधान निर्माता भन्ने दलहरू यसैगरी अघि बढिरहे र सत्ताको लुछाचुँडीमा रमाइरहे भने यो संविधानको आयु लामो नहुने निश्चित छ। 

यहाँनेर संसद् अवरोधको घटना संविधानको आयुसित कसरी जोडिन्छ भनेर प्रश्न पनि उठ्न सक्छ। वर्तमान संविधानलाई भत्काउन र कमजोर तुल्याउन अघिल्लो सरकारले पनि सक्दो कोसिस गरेकै हो। त्यतिखेर पनि संवैधानिक अंगहरूको भयानक दुरुपयोग भएकै हो। राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई समेत एक किसिमले खेलौनाजत्तिकै बनाएर राष्ट्रपतिको पदीय गरिमालाई तोड्ने काम पनि भएकै हो। राष्ट्रपति पदको दुरुपयोग गरेरै दुई–दुईपटकसम्म संसद् विघटन भयो।

प्रकाशित मिति: : 2021-09-23 13:36:00

प्रतिकृया दिनुहोस्