इखले पढायो, अविचलित राजनीतिले उपमेयर बनायो

‘तँ दनुवार होस्, उपमेयर चुनाव जिते पनि मान्दैनौँ। निर्वाचित भएको चार वर्ष बितिसक्दा पनि लक्ष्मी दनुवारको कानमा गुन्जिरहन्छ यो वाक्यांश। स्थानीय तहको निर्वाचनमा भोट माग्न घरदैलोमा निस्केका बेला उनलाई एक स्थानीय बासिन्दाले यस्तो दुर्वाच्य प्रयोग गरेका थिए।

तथापि, ‘दनुवारकी छोरीले एसएलसी पास गरी रे’ भन्दै होच्याएर बोलिएका शब्दले उपमेयर बन्न सहयोग पुगेको उनी बताउँछिन्। ‘हिजो एसएलसी पास हुँदा होच्याएर नबोलिएको भए मलाई पढ्न मन लाग्दैनथ्यो होला,’ उनी भन्छिन, ‘उच्च शिक्षा लिएका कारण राजनीतिमा आउने मौका मिल्यो र उपमेयर बनेँ।’

शनिबार मध्याह्न कार्यकक्षमा भेटिइन्, उपमेयर दनुवार। शनिबार कार्यालय बन्द थियो। तथापि, ‘काठमाडौं प्रेस’को ‘जनप्रतिनिधि महिला’ शृंखलाका लागि उनीसँग कुराकानी गर्नु थियो। सहजै कार्यकक्षमा आइदिन तयार भइन् उनी। कार्यकक्षमा प्रवेश गर्नासाथ मन्द मुस्कानसाथ उनले भनिन्, ‘उपमेयरको अनुभव समेट्न आउनुभएकोमा विशेष धन्यवाद।’

‘अन्य समुदायको व्यक्ति उपमेयर हुन समाज र साथीभाइबाट लाञ्छना सहनु पर्दैनथ्यो होला। तर, जनजाति भएका कारण पटक–पटक ठक्कर खानुपरेको छ,’ उनले आफ्नो चारवर्षे अनुभव सुनाउन थालिन्।

प्रकाशित मिति: : 2021-09-22 14:42:00

प्रतिकृया दिनुहोस्