मङ्गलबार, ३१ मार्च २०२६

गोकुल बाँस्कोटाको आरोप: एमसीसी गिजोलेको मात्रै प्रचण्डले हो (भिडियाे)

News Image
• • •

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसी विवाद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिजोलेको आरोप लगाएका छन्।

पोखरामा मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलमा बाल्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन्।

‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो। सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन्। वैदेशिक सहायता मजाकको कुरा हो?’, उनले भने।

‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं। रोकेको सभामुखले होइन ? उनले भने, ‘कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ। तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!