बिएल संवाददाता
अल्जाइमर ब्रेनसँग सम्बन्धित एउटा रोग छ। जसले मस्तिष्कको स्नायुलाई असर गर्छ। यसले प्रायः वृद्धवृद्धालाई असर गर्छ। यस रोगबाट पीडित व्यक्तिको मस्तिष्कले राम्रोसँग काम गर्दैन र तिनीहरूको स्मरणशक्ति एकदमै कमजोर हुन्छ। यसले तिनीहरूको दैनिक कामलाई असर गर्छ।
अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसलाई पूर्णतया उपचार गर्न सकिंदैन तर यसका लक्षणहरूलाई नियन्त्रणमा भने राख्न सकिन्छ। यस रोगले निन्द्रामा समेत असर गर्छ। रोगबाट पीडित मानिसलाई सुत्न गाह्रो हुन्छ। यी मानिसले राती पनि धेरै निद्रा गुमाउँछन्। त्यसैले आज हामी चर्चा गर्नेछौँ यस रोगबाट पीडित भएका मानिसलाई निन्द्रा लाग्न मदत गर्ने टिप्सबारे। जसलाई तल दिइएको छ।
१.अल्जाइमर रोगबाट पीडित भएका व्यक्तिले दैनिक व्यायाम गर्नुपर्छ। दिनमा आराम गर्ने बानी बसाल्नुपर्छ। जसले केहीँ राहत दिन्छ।
२.विहान बढी उर्जा प्रयोग गर्न सक्ने क्रियाकलापहरुको योजना बनाउनुहोस्। उदाहरणको लागि, बिहान सबेरै नुहाउनुहोस् वा परिवारसँग बसेर खाना खानुहोस्।
३.यस्ता बिरामीबाट ग्रसित मानिसलाई साँझमा आराम गर्नका लागि वातावरण शान्त राख्नुपर्छ। जसले बिरामीलाई झन्झट लाग्दैन।
४.अल्जाइमर रोगबाट पीडित भएका व्यक्तिका सुत्ने कोठा, हल र बाथरुममा नाइटलाइटको प्रयोग गर्नु उत्तम रहन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया