महिनावारी भनेको के हो? कसरी गर्ने सरसफाई? 

Houseoffertilityandhealing.com.au
Houseoffertilityandhealing.com.au

महिनावारी अर्थात् महिलाको पिडा। महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ। जसबेला पेट दुख्ने वा ढाड दुख्ने समस्या देखा पर्दछ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ। यो शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो। यो शरीरमा भएका राग रसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो। महिनावारी हुनु भनेको एउटी केटी गर्भवती हुन तयार भएको सङ्केत हो। महिनामा एक पटक अर्थात् ७ दिन हुने महिनावारी महिलाका लागि एकदमै महत्वपूर्ण समय हो।

महिलालाई महिनावारी हुदाँ सामान्य दिनहरुमा भन्दा बढि सरसफाई र खानपानमा ध्यान दिनु जरुरी छ। जसकारण महिनावारी भएका महिलाले दुखाईबाट राहत पाउँछन्। महिनावारी भएको अवस्थामा विभिन्न कुरालाई विशेष ध्यान दिनु जरुरी छः। जसका लागि तल दिइएको उपायहरु अपनाउनुपर्छ। 


१.चारदेखि छ घण्टामा प्याड परिवर्तन गर्ने
महिनावारीको अवस्थामा प्रत्येक चारदेखि छ घण्टा भित्र  आफनो प्याड परिवर्तन गनुपर्छ। जसले किटाणु रहन दिदैँन। शरीरबाट रगत बग्दा किटाणु पनि जान्छ जसकारण संक्रमण हुन दिदैँन।

२.प्याडको उचित प्रयोग गर्ने
कुनै महिलाको बानी हुन्छ, प्रयोग गरिएको प्याडलाई जथाभावी फ्याल्ने। तर त्यसो गर्नू गलत हो। किनकी प्याड प्रयोग गरिसकेपछि त्यसलाई बाक्लो पेपरमा बेरेर सुरक्षित फ्याल्नुपर्दछ। जसले किटाणु फैल्न दिदैँन। 

३.नियमित नुहाउने
अधिकाशं महिला महिनावारी हुदाँ नियमित नुहाउन चाहाँदैनन्। जसले गर्दा शरीर गन्ह्राउन थाल्दछ। त्यसैले नियमित रुपमा नुहाउनु आवश्यक छ। किनकी सामान्य दिनहरुमा भन्दा रजस्वला भएको समय शरीर सफा राख्नुपर्छ। 

४.साबुन वा क्रिमको प्रयोग नगर्ने
महिलाले ‘पिरियड’ भएको समयमा आफनो जननेन्द्रिय सफा राख्न साबुनलगायत बजारमा पाइने विभिन्न क्रिमको प्रयोग गर्ने गर्छन्। जसको प्रयोग खतराजनक छ। महिलाका  सम्वेदनशील यी अगंमा त्यस्ता बजारी सामान प्रयोग गर्दा संक्रमण हुने उच्च सम्भावना रहन्छ। त्यसैले यसलाई प्रयोग नगर्नु नै उचित रहन्छ। 

५.प्रशस्त मात्रामा झोलिय पदार्थ पिउने
महिनावारीको समयमा अन्य दिनहरुमा भन्दा बढि झोलिय पदार्थ पिउनुपर्छ। किनकी ‘पिरियड’ वस्थामा महिलाको शरीर कमजोर हुने भएकाले पर्याप्त मात्रामा झोलिय पदार्थ पिउनुपर्छ। जसमा फेश फलफुलको जुस, गेडागुडीलगायत पानी पिउनु आवश्यक छ। जसले शरीरमा जागर प्रदान गर्दछ।

प्रकाशित मिति: : 2021-09-20 11:23:00

प्रतिकृया दिनुहोस्