राजमाे: कर्णाली प्रदेश अध्यक्ष शाहीसहित दैलेख कमिटी एमालेमा समाहित

दैलेखमा राष्ट्रिय जनमोर्चा जिल्ला कमिटीका सबै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

पार्टीभित्रै लामो समयको गम्भीर छलफलपछि एमाले समाहित हुने निर्णय गरेको जनमो अध्यक्ष अम्बरबहादुर नेपालीले जानकारी दिए। 

एमालेमा प्रवेश गरेका सबै नेता तथा कार्यकर्ताहरूलाई आजै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरिसकेका छन्। 

एमाले प्रवेश गर्नेहरुमा दैलेख अध्यक्ष नेपालीसहित प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटीका उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई रहेका छन्।

त्यस्तै सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी पनि एमालेमा प्रवेश गरेका हुन्।

प्रकाशित मिति: : 2021-09-19 20:03:00

प्रतिकृया दिनुहोस्