एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

नेपालमा यति बेला सबैभन्दा बढी चर्चामा रहेको विषय हो, अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)। यो सम्झौतालाई नेपालले स्वीकार गर्ने कि नगर्ने? भन्नेबारे राजनीतिक वृत्तमा चर्चा बढेको छ।

सत्तारुढ दलका नेताहरु समेत यो विषयमा विभाजित छन्। कसैले यो नेपालका लागि हानी हुने र कसैले नेपाललाई फाइदा पुर्याउने भनेर बिश्लेषण गरिरहेका छन्। राजनीतिक दलजस्तै सर्वसाधारण जनताहरु पनि दुई भागमा बाँडिएका छन्।  

मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सन् २००४ मा अमेरिकी संसदले स्थापना गरेको अमेरिकी सहयोग सम्बन्धी संस्था हो। तत्कालीन राष्ट्रपति जर्ज बुसले यो कार्यक्रम सन् २००२ मा घोषणा गरेपनि अमेरिकी कंग्रेसले २००४ मा मात्र यसलाई स्थापनाको अनुमति दिएको थियो। त्यसयता सम्झौता सम्झौता अन्तर्गतका विभिन्न परियोजनाहरु ४९ देशमा लागू भइसकेका छन् ।

प्रकाशित मिति: : 2021-09-19 19:38:00

प्रतिकृया दिनुहोस्