संविधान संशोधनको माग गर्दै माइतीघरमा नागरिक अगुवाको प्रदर्शन (फाेटाे फिचर)

संविधान संशोधनको माग राखेर नागरिक अगुवाले काठमाडौंमा प्रदर्शन गरेका छन्। संविधान दिवसका दिन आइतबार नागरिक अगुवाले माइतीघर मण्डलामा  विरोध प्रदर्शन गरेका हुन्।

मधेश विद्रोह, थारू विद्रोह, महिला, आदिवासीजनजाति, दलित, मुस्लिमलगायतले गरेका आन्दोलनहरूले सुरक्षित गरेका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशितालाई औपचारिक रूपमा स्वीकार गरिए पनि कार्यन्वयन नभएको भन्दै नागरिक अगुवाले माइतीघरमा प्रदर्शन गरेका हुन्।

संविधान दिवसका दिन आइतबार कतै सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर उत्सव मनाएका छन् भने कतै विरोधका कार्यक्रम पनि भइरहेका छन्।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसका रुपमा मनाइन्छ।

प्रकाशित मिति: : 2021-09-19 17:34:00

प्रतिकृया दिनुहोस्