मुक्ति पौडेल
टिनटिन टिनटिन पहिलो घण्टी बज्छ सबैजना लाइनमा बस्छन्, टिनटिन टिनटिन दोस्रो घण्टी बज्छ दर्शक नाटकघरभित्र छिर्ने क्रम सुरु हुन्छ। टिकटमा प्वाल पारेर, हातमा स्यानिटाइजर दलेर भित्र छिर्नेबित्तिकै लाग्छ यो अर्को दुनियाँ हो।
दिमागमा अर्को घण्टी बजे जस्तो लाग्छ टिनिनिनि...। खाली कुर्सीले दर्शकलाई पर्खिरहेका हुन्छन्। तर लाग्छ नाटक सुरु भइसक्यो। तर कति बेलादेखि? घण्टी त भर्खर बजेको हो।
कि यो नाटक सकिएको घण्टी हो? होइन। सबै जना भर्खर छिर्दैछन्। हल बिस्तारै भरिँदै छ। तर लाग्छ नाटक साँच्चिकै सुरु भइसकेको छ। एकैछिन अघि लाइन बस्दा सुरु भएको हो? कि सिँढी चढ्दा चढ्दै? कि तल बबाल चिया पसलमा चिया पिउँदै गर्दा? कि त्यो भन्दा अगाडि नै? आज हरेक बबाल कुरा नाटक हेर्न जानुपर्छ भनेर सोच्दादेखि नै?