योसँग तिम्रो घरबार होलाजस्तो छैन, बरू राम्रो केटो खोजेर बिहे गर बैनी!

सेतोपाटी

काठमाडौँ

रणेन्द्र सेन

 

सामान्यतया घरमा माकुरोले जालो लायो भने घरमा ऋण लाग्छ, घरमा कलह हुन्छ वा घरमा नराम्रो हुन्छ भन्ने चलन हाम्रो समाजमा चलेको पाइन्छ।

अझ कतै-कतै माकुरीले जालो लाएर झुन्डियो भने घरमा पाहुना आउँछन् भन्ने चलन पनि यस समाजमा पाइन्छ।

पहिला पहिला घरमा पाहुना आउँदा यो समाजमा खुसी हुने परिवार रमाउने चलन थियो भने आजकल समाज व्यस्त भइसक्यो घरमा पाहुना आउँदा  पनि व्यस्त समयमा खानदिन झ्याउ बेकारमा पाहुना आएर भनेर झिझ्झिन थालेको पाइन्छ र त त्यही माकुरीको जालोलाई खोजी खोजी फाल्ने चलन अथवा सरसफाइ राख्नको लागि पनि होला सिलिङमा जालो लागे पनि कुर्ची राखेर हटाउने चलन छ।

म एउटा अफिसमा काम गर्थें त्यो अफिसमा पाँच जना स्टाफ थियौं भने एक जना हाकिम सर हुनुहुन्थ्यो। हामी तीन जनाले त्यो अफिसमा पालैपालो बिहानमा झाडूपोचा गर्थ्यौं र दिनमा त्यही अफिसमा काम गर्ने गर्थ्यौं।

एकदिन अफिसमा मेरो झाडूपोचा गर्ने पालो थियो। झाडू लगाई सकेर म छेउको कुर्चीमा बसेको थिएँ। घरबेटी साहु सोफामा बसेका थिए, अनि हाकिम साब पनि अफिस आउनुभयो र आफ्नो कुर्चीमा बस्नु भयो। हामी सबैले आदर भाव जनाउँदै नमस्कार गर्‍यौं अनि सबै बसेर गफगाफ गरेका थियौं यतिकैमा घरबेटी साहुले आज बढार्ने पालो कसको हो तेरो हो? भनि मतिर हेर्दै सोध्नुभयो।

प्रकाशित मिति: : 2021-09-18 17:50:00

प्रतिकृया दिनुहोस्