बजेट होलिडे के हो ? कहाँ कहाँ रोकियो खर्च ?

अनलाइनखबर

काठमाडौँ

अच्युत पुरी

केही दिनयता तपाईंले सरकारले खर्च बजेट खर्च गर्न नपाउने, बजेट होलिडे जस्ता समाचार पढ्नु र सुन्नु भएको छ । राज्यले गर्ने अत्यावश्यक खर्च नै रोकिएर जटिल स्थिति आउन सक्ने सम्भावना पनि कतिपयले औंल्याएका छन् । यस्तो स्थिति आउनुमा सत्तापक्ष र प्रतिपक्षीले एक अर्कालाई दोषारोपण पनि गरिरहेका छन् ।

नेपालमा सरकारले हरेक वर्ष १० देखि १२ खर्ब रुपैयाँ खर्च गर्छ । तर अहिले किन खर्च गर्न नपाउने अवस्था आयो ? यो विषय थाहा पाउन नेपालको संविधानको केही व्यवस्था र संसदीय प्रक्रिया बुझ्नुपर्छ ।

संविधान अनुसार हरेक आर्थिक वर्ष अर्थात् साउनदेखि अर्को असार मशान्तसम्मको आम्दानी र खर्चको लेखाजोखा अर्थात् बजेट १५ जेठमै संसदमा पेश गर्नुपर्छ ।

४५ दिनअघि नै बजेट ल्याउनुको कारण हो, संसदमा बजेटमाथि व्यापक छलफल भएर अनुमोदन होस् र १ साउनदेखि कार्यान्वयनमा जाओस् । तर, आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन समयमा तत्कालीन सरकारको सिफारिसमा प्रतिनिधिसभा नै विघटन भएको थियो । संसद नभएका कारण तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट बजेट ल्याए ।

प्रकाशित मिति: : 2021-09-16 21:45:00

प्रतिकृया दिनुहोस्