६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेपछि...

बिएल संवाददाता

महाराष्ट्र
Photo : atlasobscura.com
Photo : atlasobscura.com

भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको घटना सार्वजनिक भएको छ।

महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो। अहिले ती बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खरतामुक्त रहेको बताइएकाे छ।

बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल  भएको छ। भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ। कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन्।

कोब्रालाई थप उत्तेजित हुनबाट रोक्न सर्प पकड्ने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ।

सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म  सुतेको देखिन्छ। अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खस्छ। उनको पाखुरामा टोकेको थियो। कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। 

प्रकाशित मिति: : 2021-09-16 07:47:00

प्रतिकृया दिनुहोस्