पथरी उद्योग वाणिज्य संघमा तामाङ निर्वाचित

बिएल संवाददाता

पथरीशनिश्चरे

मोरङको पथरी शनिश्चरे नगरस्थित पथरी उद्योग वाणिज्य संघको १८ औ चुनावी साधारणसभाबाट कडा प्रतिष्पर्धाबीच पूर्व अध्यक्ष धनकुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन्।

पूर्व अध्यक्ष तामाङले निवर्तमान अध्यक्ष दीपक वस्नेतलाई ५२ मत अन्तरले पराजित गरेका हुन्। कांगे्रस, एमाले समाजवादी, नेकपा माओवादी साहितको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका तामाङले १ हजार ४ सय ५८ वटा खसेको मत भएमध्ये ७३८ र एमाले निकट व्यवसायीकोतर्फका वस्नेतले ६८६ मत ल्याएका छन्। अघिल्लो कार्यकालमा वस्नेतले तामाङलाई ९५ मत अन्तरले पराजित गरी आफु अध्यक्षमा निर्वाचित बनेका थिए। जसमा वस्नेतले ३ सय ६९ र तामाङले २ सय ७४ मत प्राप्त गरेका थिए।

हाल दुवै समूहबाट ८,८ जना निर्वाचित भएका छन्। बरिष्ठ उपाध्यक्षमा एमाले निकट यादवचन्द्र दुलालले ७६१ मत ल्याएर विजयी भए भनें गठवन्धनका ओमप्रसाद लिम्बूले ५६४ मत ल्याएका छन्। उपाध्यक्षमा एमाले निकट आशा राई ७५५ मत ल्याएर विजयी वनेकी छन्। गठवन्धनका रविन्द्रकुमार राईले ५९४ मत ल्याएर पराजय भोगेका छन्। महासचिवमा निवर्तमान महासचिव अशोक साम्पाङलाई पराजित गर्दै गठवन्धनका राजेन्द्र वस्नेत फराकिलो मतअन्तरले विजयी बनेका छन्। बस्नेतले ७६० र साम्पाङले ५८७ मत ल्याएका छन्।

बाणिज्य सचिवमा एमाले निकट ईश्वरी सापकोटाले ५५७ मत ल्याएर निवर्तमान वाणिज्य सचिव गठवन्धनका खेमनाथ ढुङ्गेल र स्वतन्त्रतर्फका टुङकुमार श्रेष्ठलाई पराजित गरेका छन्। ढुङ्गेलले ४५३ र श्रेष्ठले २७१ मत ल्याएका छन्। उद्योग सचिवमा कडा प्रतिष्पर्धाबीच गठवन्धनका प्रेमप्रसाद सुवेदी निर्वाचित भएका छन्। उनले ६७० र मानवहादुर श्रेष्ठले ६४५ मत ल्याएका थिए। कोषाध्यक्षमा, गठवन्धनका विजयजंग वस्नेतले फराकिलो अन्तरले उद्धवराज थापालाई पराजित गरेका छन्। बस्नेतले ७६२ र थापाले ५४० मत ल्याए।

४ जना खुला सदस्यका लागि ८ जनाको प्रतिष्पर्धाबाट एमाले निकट निलम वस्नेत (७२१), हरिराज प्याकुरेल ( ६०३), गठवन्धनका इन्द्रबहादुर राई (६५६) र तुलसी लुनिया (६११) विजयी वनेका छन। २ महिला सदस्यका लागि ४ प्रतिष्पर्धीबाट एमाले निकट देवी राई सर्वाधिक ८६१ मत ल्याएर विजयी वनिन्। अर्काे सदस्यमा गठवन्धनकी जुनी थपलियाले ६७७ मतकासाथ आफुलाई विजयी बनाइन्। लेखा संयोजकमा, एमाले निकट कृष्णप्रसाद भटटराईले ७२५ मत ल्याएर चन्द्रप्रसाद सापकोटालाई फराकिलो अन्तरले पराजित गरेका छन्।

सापकोटाले ५११ मत ल्याए। २ जना लेखा सदस्यका लागि ४ जनाबीचको प्रतिष्पर्धाबाट गठवन्धनका प्रदीप पराजुली (६८७) र एमाले निकट एल्सन वास्तोला (६४०) विजयी वन्न सफल भए।

प्रकाशित मिति: : 2021-09-15 13:47:00

प्रतिकृया दिनुहोस्