फेरि फोन गर्नुपर्ने हो?

पहिलोपोष्ट

रवीन्द्र मानन्धर
File photo
File photo

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको असन्तुष्टि बढ्दो छ। बजार खस्कँदा उनीहरु सरकारी नेतृत्वसम्म ढोका ढक्ढक्याउनसम्म पुग्छन्। यही प्रसंगमा संसदमासमेत प्रश्न उठ्यो। नेमकिपाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई सेयर बजार उठानबारे जवाफसमेत मागे।

गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रीले गरेको फोनपछि सेयर बजार उकालो लागेको विषयमा सुवालको प्रश्न थियो। जवाफमा अर्थमन्त्री शर्माले आफूले फोनमार्फत सेयर बजार बढाउने कुनै भूमिका नखेलेको जनाएका थिए। अघिल्लो आइतवार अर्थमन्त्रीले गभर्नर अधिकारीसँग सेयर बजारमा भएको समस्याबारे जानकारी दिएका थिए।

गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजारमा भएको समस्याबारे जानकारी लिएका थिए। उनको फोन लगत्तै त्यसदिनको बजार ह्वात्तै बढेको थियो। त्यसो त प्रतिस्थापन बजेटपछि उकालो लागेको सेयर बजार अहिले पुन ओरालो लागेको छ।

सेयर बजार घटेको भन्दै लगानीकर्ताले आन्दोलनसमेत गरेका थिए। उक्त समूहले अर्थमन्त्रीलाई भेटेर राष्ट्र बैंकको व्यवस्था सच्याउन माग गरेका थिए। अब फेरि ओरालो लागेको बजार उकालोतिर मोड्न अर्थमन्त्री शर्माले फोन घुमाउने हुन् कि!

प्रकाशित मिति: : 2021-09-15 13:14:00

प्रतिकृया दिनुहोस्