सत्ता गठबन्धन : एमालेको वियोगान्त !

रातोपाटी

अरुण बराल

‘अबको राजनीतिको केन्द्रबिन्दु भनेकै यो सत्तारुढ गठबन्धन कसरी फुटाउने भन्ने हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड पनि यसैमा केन्द्रित छ। यो गठबन्धन या त आन्तरिक किचलोबाटै भत्कन्छ, नभए बाहिरी दबाबबाट तोड्नुपर्ने हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेतासँगको अनौपचारिक कुराकानीका क्रममा उनले सुनाएको यो विश्लेषण यतिबेलाको राजनीतिक द्वन्द्वको नाभी हो। आगामी ६ महिनामा स्थानीय चुनाव गर्नुपर्नेछ, १५ महिनामा सङ्घ र प्रदेशको चुनाव हुँदैछ। यो अवस्थामा एमालेका लागि आफ्नो जीत सुनिश्चित गर्न अहिलेको सत्तारुढ गठबन्धन तोड्नैपर्ने बाध्यता छ।

नेकपा एमाले एकातिर, अरू सबै दल अर्कातिर भएर चुनावी मैदानमा उत्रँदा कस्तो परिणाम आउला ? हुन त एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरू एमालेसँग चुनाव लड्न डराइरहेको बताउने गरेका छन्। एमाले निर्वाचनदेखि नडराएको र एक्लै भिड्न तयार रहेको भन्दै हाँक दिने गरेका छन्। एमालेलाई काँग्रेसले त सक्दैन, माधव नेपाल र प्रचण्डले फुर्ती नलगाए हुन्छ भन्ने गरेका छन्। तर, कार्यकर्ताहरूको मनोबल बढाउन काम लाग्ने यस्ता अभिव्यक्ति चुनावी गणितमा कति काम लाग्लान् ? एमाले नेताहरूले यसबारे सोचेका छैनन् भन्न सकिँदैन।

प्रकाशित मिति: : 2021-09-15 10:43:00

प्रतिकृया दिनुहोस्