प्रतिस्थापन विधेयक पारित नभएसम्म नियमित खर्च हुँदैन : अर्थमन्त्री

File photo
File photo

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन्। संसदमा विनियोजन विधेयक पेश गरेपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन्।

भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ। ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ। ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो। 

अर्थमन्त्रीका शर्माअनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ। सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ। शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए।  यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको बताए। 

प्रकाशित मिति: : 2021-09-14 14:36:00

प्रतिकृया दिनुहोस्