प्रचण्ड किन पार्टी विघटन गरौँ भन्छन् ? यस्ता छन् पाँच कारण

शिलापत्र

काठमाडौँ

२७ भदौ दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई साक्षी राखेर भने- ‘पार्टी फुटेर २१औँ शताब्दीको समाजवाद चाहनेहरू एक ठाउँमा आएर बहस गर्न जरुरी छ, फुटेर केही लछारपाटो नलाग्ने रहेछ।’  

प्रचण्डले एकताको सन्दर्भ जसरी अध्यक्ष नेपालको सामुन्नेमा निकाले त्यसअघि आफ्नो पार्टीको बैठकमा चाहिँ निरन्तर पार्टी विघटनको सन्दर्भ उप्काउने गर्छन्। २३ फागुन ०७७ मा जब सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई अवैध ठहर गरेपछि मात्रै प्रचण्डले दर्जन पटक भनेका छन्- ‘यही तालको माओवादी विघटन गरिदियौं।’  

एमाले र माओवादीको एकताभन्दा अघि नै प्रचण्डले माओवादी पार्टी विघटनको कुरा गरेका थिए। ०७३ मै पनि प्रचण्डले पेरिसडाँडामा केन्द्रीय नेताहरूसँग ‘माओवादी विघटनको प्रस्ताव गरेका थिए। अर्थात् अहिलेकै ढर्रामा माओवादी पार्टीले गरी नखाने ठहर प्रचण्डले गरेका थिए।

त्यसैको, मक्सद थियो ०७४ को मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँगको गठबन्धन र ३ जेठ ०७५ मा पार्टी एकता। ३ जेठ ०७५ भन्दाअघि पटक-पटक माओवादी पार्टी विघटनको प्रसंग निकालिरहेका हुन्थे प्रचण्ड। एमालेसँग एकतापछि रोकिएको प्रचण्डको उक्त अभिव्यक्ति जब एकता विभक्त भइदियो, त्यसपछि निरन्तर माओवादी विघटनको प्रस्ताव गरिरहेका छन्। प्रदेशस्तरीय प्रशिक्षणमा होस् वा सार्वजनिक कार्यक्रममा। १ असार यता चाहिँ प्रचण्डले हरेक कार्यक्रममा माओवादी पार्टी विघटनको अभिव्यक्ति दिइरहेका छन्। 

प्रकाशित मिति: : 2021-09-14 06:56:00

प्रतिकृया दिनुहोस्