बेड नं ३० मा घाइते बालकः आमाले अर्काे बिहे गरिन्, बाबुले अर्की लिएर हिँडे, पाल्छु भन्नेले हात भाँचिदिए (भिडियाे)

कालिकाेट खाँडाचक्र नगरपालिका -६ दाहाका भुपेन्द्र शाही तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका छन्।

उनकाे बायाँ हात दुई ठाउँमा भाचिएकाे छ। बायाँ आँखाकाे किनारमा गहिराे खाेपिएकाे छ भने दायाँ नाडीमा डाेरीले बाँधेकाे रेखा काटिएकाे घाउमा धेरै टाँका लगाएजस्ताे गरि खत बसेका छन्।

आइतबार साँझ प्रतिष्ठानकाे सर्जरि वार्ड बेड नम्बर ३० मा पुग्दा उनी जुस पिइरहेका थिए। आठ वर्षका उनले हाम्राे सवालकाे जवाफ यरी फर्काए।

- दायाँ हातकाे खत कसरी बसेकाे हाे?

- बानीकन (बाँधेर)।

- कसले बाँधेकाे हाे?

- ठूला ड्याडीले।

घाउ सुकिसकेकाले सहजै अनुमान लगाउन सकिन्थ्यो अलि अगाडि नै उनलाई बाँधेर राखिने गरिएकाे रहेछ। तर हातमा टाँका लगाएजस्ता खत बसेका थिए। लाग्थ्याे बाँधेकाे बेला उनले फुत्किन बल लगाउँदा हात यताउता रगडियाे।

उनकाे बायाँ आँखा र बायाँ हातकाे चाेट भने आलाे छ। आठ वर्षका भुपेन्द्रका अनुसार उनका ठूला ड्याडी जगदीश शाहीले कुटेर हात भाचिएकाे हाे भने आँखाका हँसियाले हानेर खाेपिएकाे हाे।

'ठूला ड्याडीले हँसियाकाे उल्टाे पट्टीले हानेर आँखा खाेपिएकाे हाे,' उनले भने, 'कुटेर हात भाचियाे। किन कुटे मलाई थाहा छैन।'

उनका कुरुवाका रुपमा कालिकाेटबाट आएका राजेन्द्र शाहीका अनुसार उनी जन्मेपछि भुपेन्द्रका बुबा इन्डिया काम गर्न गएका थिए। उनी दुई तीन वर्षकाे हुनेबेला उनकी आमाले छाेडेर अर्काे बिहे गरिन्। बाबू इन्डियाबाट आएपछि अर्की बिहे गरेर पुन: इन्डिया लागे। उनकाे घरमा काेही थिएनन्। उनी एक्ला भए।

पछि उनी मामाकाे घरमा बस्न लागे। मामाकाे घरमा बसिरहेको बेला उनका ठूला बाबा जगदीश शाहीले लालनपालन गर्ने भनी आफ्नाे घर ल्याएर राखे।

'पुरै घटना त मलाई पनि थाहा छैन। उनलाई साेध्याे भने ठूला बाबाले कुटेर यस्ता भएकाे भन्छन्। ठूला बाबालाई साेध्दा मैले हानेकाे हाेइन, पिट्छु भन्दा डरले भाग्दा खेरी लडेकाे हाे भन्छन्,' राजेन्द्रले भने, 'वडा नम्बर ६ का अध्यक्ष जगदीश शाही लगायत हामीले उसका ठूला बुबालाई किन यसरी पिटेकाे भनी साेधेका थियौं। पहिले देखि  घरका केटाकेटीलाई कुट्ने गरेकाे थिए। तर उसलाई मैले कुटेको हाेइन भने।'

भुपेन्द्रलाई सामाजिक सचेतना केन्द्र साेसेक कालिकोटमा कार्यरत दैलेखकी शसी श्रेष्ठले शुक्रबार साँझ जुम्ला अस्पताल ल्याइ उपचार गर्न सहयोग गरेकी हुन्।

उनका अनुसार भुपेन्द्रकाे हात भाचिएपछि स्थानीय उपचार पद्धति अनुसार भाचिएकाे हातमा धन शाही नाम गरेका एक जना मान्छेले निगालाले हात बाँधेर काप्रा लगाइदिए थिए। काप्रा लगाएकाे हातमा एक्लै ढुलिरहेकाे अवस्थामा गाउँकै टाेप बहादुर शाहीले भेटाएर कहाँ जान लागेकाे भनी साेधेका रहेछन्। भुपेन्द्रले त्यसकाे जवाफ मामा घर जान लागेकाे भनी दिएछन्।

उनलाई भुपेन्द्रकाे अवस्था एकदम दयनीय लागेछ। उनले सामुदायिक सेवा केन्द्रमा ल्याइ उद्दार गरिदिनका लागि आग्रह गरे। उनकै आग्रह अनुसार श्रेष्ठकाे संस्थाले नगरपालिकासँग कुरा गरेर एम्बुलेन्सकाे व्यवस्था गरि प्रतिष्ठानमा उपाचारका लागि ल्याइएकाे थियाे।

'बाबुसँग काे जाने भन्ने विषयमा छलफल भएपछि उनका छिमेकी दाईसँग‌ म यता ल्याउने कार्यक्रम तय भएको हाे,' श्रेष्ठले भनिन्, 'हामीले थाहा पाएकाे बाबुले भनेपछि हाे। कसरी यस्ताे अवस्था भयाे त्याे पिट्ने मान्छेलाई थाहा हाेला। हामीले त बाबुले भने अनुसार मात्रै भन्ने हाे।'

यता आउने बित्तिकै प्रहरीलाई पनि खबर गरियाे। प्रहरीले चन्दननाथ नगरपालिकालाई खबर गर्‍याे। अहिले नगरपालिकाका दुईजना कर्मचारी निर्मला उपाध्याय र पुस्पा थापा उनकाे रेखदेखमा खटिएका छन्।

'प्रहरीले खबर गरेदेखि नगरपालिकाले हामी दुई जनालाई केश म्यानेजर र काउन्सिलरकाे रुपमा खटाइएको छ,' निर्मलाले भनिन्।

हाल भुपेन्द्रकाे उपचार नि:शुल्क भइरहेको छ। सुरुमा शसीले खाना खर्च व्यहाेरिरहेकी थिइन्। पछि प्रतिष्ठानले सबै अवस्था बुझेर एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) द्वारा उपचार खर्च र कुरुवाकाे खाना खर्चसमेत व्यहार्ने गरि प्रक्रिया अगाडि बढाएको उनले बताइन्।

उपचार खर्च ओसीएमसीले व्यहाेर्ने भएपछि भुपेन्द्रकाे उपचार, उनकाे यस्ताे हालत यस्ताे बनाउनेकाे कानूनी उपचार र पुनःस्थापनालगायत सबै काम गरिने प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए।

'ओसीएमसीले नि:शुल्क कानुनी सहायताकाे वकिललाई घटना विवरण दिएर कानूनी उपचारको लागि सहयोग माग्छ,' उनले भने, 'प्रहरीले अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछ। काउन्सिलर खटाएर भुपेन्द्रकाे पुनस्र्थापनाकाे तयारी हुन्छ।'

उनी अस्पताल आएदेखि उपचारमा कुनै कमी नगरिएकाे अर्थाे विभागका प्रमुख डा. पुजन राेकायाले बताए। 'मलाई कालिकोटमा इनिसियल फेजमा उपचारमा संलग्न डाक्टरले पनि फाेन गर्नुभएको थियाे। हामी चाँडै उनकाे अप्रेसन गर्छाैं। समस्या हुँदैन,' उनले भने।

भुपेन्द्रमाथि उनका ठूला बाबाले गरेकाे व्यवहार 'ब्याटर्ड चाइल्ड सेन्ड्राेम'मा पर्ने प्रतिष्ठानका डा. भुमेश काफ्लेले बताए।

'याे बालबालिकामाथि उसका अभिभावक वा संरक्षकले गर्ने व्यवहार हाे,' उनले भने, 'भुपेन्द्रकाे त चाेट देखिएको छ। तर धेरैलाई नदेखिने ठाउँ ढाड, गुप्ताङग लगायत ठाउँमा चाेट पुग्ने गरि व्यवहार गर्छन्।'

प्रकाशित मिति: : 2021-09-13 18:51:00

प्रतिकृया दिनुहोस्