एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन्। निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो।

संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद हुन्। संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतक पछि चयन गरिने पार्टीका सांसद अशोककुमार यादवले जानकारी दिए।

नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीसँग १३ जना सांसद छन्। प्रदेश नम्बर २ मा अब नेकपा एमालेसँग भने ८ जना सांसद मात्रै रहेका छन्।

प्रकाशित मिति: : 2021-09-13 18:09:00

प्रतिकृया दिनुहोस्