बडादशैंका लागि नयाँ नोट असोज ४ देखि साट्न सकिने

फाइल तस्वीर
फाइल तस्वीर

बडादशैंका लागि नेपाल राष्ट्र बैंकले बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाएको छ। उक्त नोट सर्वसाधारणले आगामी असोज ४ गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले एक जना व्यक्तिले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्म सटही गर्नसक्ने व्यवस्था गरेको जनाएको छ। बैंकका अनुसार दशैंमा एक व्यक्तिले रु. ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने छन्।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्ष्यित नयाँ नोट पठाइएको जानकारी दिएको छ।

नोट सटहीका लागि काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरूका सबै शाखाहरूबाट उपलब्ध गराइने जनाएको छ।

प्रकाशित मिति: : 2021-09-13 14:03:00

प्रतिकृया दिनुहोस्