बिएल संवाददाता
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ।
१४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ। अदालतकाे निर्णय यही नै हुन्छ भनेर किटान गर्न सकिदैन। उनीहरूकाे पद जान पनि सक्छ र सुरक्षित पनि हुन सक्छ।
न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिने/नदिनेबारे छिनोफानो हुनेछ।
यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो। साथै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया