टाठाबाठाको ‘सिण्डिकेट’ भयो सहकारी : सर्वसाधारण लुटिने क्रम बढ्दै

अनलाइनखबर

रोयल आचार्य

बागबजारमा व्यवसाय गर्दै आएकी रामकुमारी श्रेष्ठले डेढ वर्ष पहिले आफ्नो अंशमा परेको जग्गा बिक्री गरिन्। जग्गा बिक्रीबाट १० लाख रुपैयाँ हात परेपछि उनले ऋण थपेर कतै घडेरी किन्ने योजना बनाइन्। १० लाख रुपैयाँले काठमाडौं उपत्यकामा राम्रो ठाउँमा जग्गा पाउन मुश्किल थियो।

उनले तत्कालै जग्गा किन्न सकिनन्। अंश बेचेर आएको १० लाख रुपैयाँ उनीसँग छ भन्ने छिमेकी पसलेलाई पनि जानकारी थियो। २०७६ साल फागुनमा मोरङ उर्लाबारी–७ का अर्जुन खनालले पनि यो कुरा थाहा पाए। खनाल बागबजारमै रहेको मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाको सचिव थिए। उनकी श्रीमती चाहिं बागबजारमा व्यापार गर्थिन्।

रामकुमारीका अनुसार, खनालले आफ्नो सहकारीबाट जग्गा किन्न जति पनि ऋण दिन सक्ने आश्वासन दिए। जग्गा बैना गर्दै गरौंला भन्दै उनले त्यो १० लाख रुपैयाँ सहकारीमा राख्न आग्रह गरे। सहकारीले तत्काल १३ प्रतिशत ब्याज दिने, ६ महीनापछि जग्गा किन्न सस्तो ब्याजदरमा ऋण पनि दिनसक्ने भनेपछि लोभिएर रामकुमारीले आफ्नो पैसा त्यो सहकारीमा राखिन्।

प्रकाशित मिति: : 2021-09-13 11:00:00

प्रतिकृया दिनुहोस्