माइकल ज्याक्सनको घर खोज्दै जाँदा

अनलाइनखबर

उत्तम भौकाजी

चैत महीना । रातको १२ बजे । कतार एअरवेजको विमानले त्रिभुवन विमानस्थलको धवनमार्ग छाड्यो । क्रमशः आकाशिंदै गरेको विमानबाट हामीले एक झलक काठमाडौंलाई नियाल्यौं । मध्यरातमा पनि चूपचाप जाग्राम बसे झैं लाग्यो, यो शहर । बिजुली बत्तीले धपक्कै बलेको । यस्तो दृश्य देख्दा स्वतस्फूर्त कुलमान घिसिङप्रति मनमा श्रद्धाभाव पैदा हुने ।

रात गुज्रिँदैछ । तर, आँखामा निद्रा छैन । विमानको यात्रा त्यति नौलो नभएकाले खास रोमाञ्चकता वा उत्सुकता पनि छैन । बरु, हवाई यात्रामा मलाई कताकता तनाव हुन्छ । जहाज अवतरण नगर्दासम्म मनमा त्रासदीले डेरा जमाइरहन्छ ।

मेरो ब्रहृमले भन्छ, केही हुन्न । यद्यपि जिन्दगीप्रति कता-कता भय, कता-कता लोभ जागिरहन्छ । केही भइहाल्यो भने ! मन आत्तिन्छ ।

जहाजभित्र मन बहलाउन अनेक कुरा छन् । मदहोश भएर यात्राको आनन्द पनि लिन सकिन्छ । त्यहाँ हृवीस्की, रम, भोड्का, बियर अनेकथरी पेय छन् । तर, मलाई यसमा कुनै रस छैन ।

यात्राभर मेरो आँखा जागा बस्छ । मन डराइरहन्छ ।

प्रकाशित मिति: : 2021-09-11 10:49:00

प्रतिकृया दिनुहोस्