सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा

File photo
File photo

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै, बैठकले लाभांश पारित गर्न आगामी ७ कात्तिकमा कम्पनीको १०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हाइड्रोपावरले घोषणा गरेको उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिनेछ। 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले १८ असोजमा एकदिनका लागि बुकक्लोज गर्ने जनाएको छ। १७ असोजम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: : 2021-09-10 12:19:00

प्रतिकृया दिनुहोस्