नयाँ लुक्समा देखिए किम जोङ, कसरी घट्याे एक वर्षमा २० किलो तौल ?

Photo: Republicandonornetwork
Photo: Republicandonornetwork

उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन्। प्योङयाङमा  आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन्। लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो।

पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ। एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन्। उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन्।  

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन्। मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए। अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ। 

AP Photo

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा  किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो। उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो। उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो। किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए।  उनको वंश नै ह्यदयाघातबाट पीडित छ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो। 

प्रकाशित मिति: : 2021-09-10 09:03:00

प्रतिकृया दिनुहोस्