०७० सालको मदन पुरस्कार विजेता 'खलङ्गामा हमला' पुस्तकले नेपाली लेखन र पठन क्षेत्रमा नयाँ तरङ्ग ल्यायो। यसै पुस्तकका लेखिका हुन्- राधा पौडेल।
पेशाले उनी एक नर्स हुन्। तर उनको लेखकीय आनीबानी ज्यादा प्रिय लाग्छ। अझै यसौ भनौ कि उनी एक अध्यता, अभियन्ता पनि हुन्।
वास्तवमा, दैनिक जीवनका स-साना क्षणहरुलाई उनी अक्षरको कलात्मक ढंगले डायरीमा टिपेर राख्छिन्। यही बानीले आफूलाई लेख्न प्रेरित गर्ने उनकै स्वीकारोक्ति पनि छ।
त्यसो त आज महिलाहरुको महान चाड तीजलाई एक पर्वको रुपमा मात्रै मनाउँन नहुने उनी तर्क गर्छिन्। नेपाली समाज र परम्परा अनुसार तीजलाई महिलाहरुले वर्षभरीको मनका भावना र वेदनालाई साथीहरुसँग वा माइती परिवारसँग साटासाट गर्ने अवसरको रुपमा लिइन्छ। तर पौडेल भने यही वाक्यलाई उच्चारण गर्दै प्रश्न गर्छिन्, 'महिलाहरुले दुख र वेदना साट्न तीज नै कुर्नुपर्ने ? वर्षका हरेक दिनलाई महिलाहरुले तीजकै दिन जसरी आफ्नो हृदय कुराहरु बिनासंकोच बाहिर अभिव्यक्त गर्ने वातावरण कहिले बन्छ ?'
तीजलाई मनोरञ्जनात्मक रुपले मात्र नलिइ सामाजिक, राजनीतिक, आर्थिक, कला र वैचारिक तवरले पनि परिमार्जन गरेर संस्कृतिलाई पनि वैज्ञानिक बनाउनु पर्ने उनको तर्क छ।
सामाजिक रुपान्तरणको लागि तीजलगायत अन्य पर्वहरुले महामारीकै प्रवृति देखिएकोमा उनी चित्त दुखाउँछिन्। महिलाहरुले आफ्ना मौैलिक अधिकार र शसक्तिकरणका एजेण्डालाई केवल पर्वमा मात्रै संकेत गरेको उनले बताइन्।
प्रत्येक दिनका प्रत्येक क्षण महिलाहरुले तीजकै दिन जसरी आफूलाई आजाद ठानेर बाँच्न पाउने वातावरण तयार गर्न वैचारिक परिवर्तन आवश्यक भएको उनले बताइन्।
उनै पौडेललाई बिएल नेपाली सेवाका लागि सुनैना पन्थीले केही केही प्रश्नहरू सोधेकी छन्ः