संसदमा के होला एमालेको रणनीति ?

अनलाइनखबर

काठमाडाैं

भदौ २३ देखि सुरु हुने संसदको अधिवेशनमा प्रमुख विपक्षी दल नेकपा एमालेले सुझबुझपूर्ण रुपमा कदम चाल्ने संकेत गरेको छ।

सभामुखको भूमिका र दल विभाजन अध्यादेशका विषयमा सत्तारुढ गठबन्धनको चर्को आलोचना गरेको एमालेले सदन सञ्चालन भएपछि पनि यी विषय उठाउनेछ, तर सार्वजनिक आलोचना हुने कदमबाट बच्ने तयारी उसको छ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्तरिक रणनीतिलाई बुधबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गरेर सार्वजनिक गर्ने बताउँछन्।

पहिलो बैठक अवरोध नगर्ने

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राजनीतिक दल सम्बन्धी अध्यादेश सहितका अरु अध्यादेश टेबुल गर्ने रहेको छ। संसद नभएका बेला ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

सोही अनुसार बुधबार संसदमा अध्यादेश पेश मात्रै हुने र निर्णय नहुने भएकाले त्यसलाई रोक्न एमालेले सदन अवरोधको नीति नलिने एमाले नेताहरु बताउँछन्।

प्रकाशित मिति: : 2021-09-07 21:45:00

प्रतिकृया दिनुहोस्