खडेरीको मारबाट मुक्तिका लागि छ जना बालिकालाई गराइयो निर्वश्त्र सडक परिक्रमा

Photo - BBC
Photo - BBC

भारतको मध्य प्रदेश राज्यमामा स्थानीय परम्पराको बहानामा छ जना बालिकाहरुलाई नाङ्गै पारेर सडकमा हिँड्न लगाइएको छ। उक्त घटना खड़ेरीले आजित भएको मध्यप्रदेशको बुन्देलखण्ड क्षेत्रमा हालै घटेको हो।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरुमा बालिकाहरुका काँधमा भ्यागुता बाँधिएका छन्। काठका दस्ताहरु बोकाएर हिँड्न लगाएको दृश्य देख्न सकिन्योुक। यस्तो दृश्य देखेर इन्द्र भगवान प्रशन्न भएर वर्षात् गराउने विश्वास स्थानीय बासिन्दाले गर्छन्।

भारतमा बालअधिकारका लागि राष्ट्रिय परिषद्ले घटनाका सम्बन्धमा स्थानीय दामोह जिल्लासँग थप जानकारी मागेको छ। मध्यप्रदेश प्रहरीले भने त्यस्तो घटनाको कुनै उजुरी प्राप्त नभए पनि छानविन  सुरू गरिएको बताएको छ।

दमोहका प्रहरी महानिरीक्षक डीआर तेनिवारले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भनेका छन्, 'यदि बालिकाहरुलाई निर्वस्त्र हिँडाएको पाइएमा कारवाही हुन्छ।'

भिडियो फुटेजहरुमा कम्तिमा पाँच वर्षसम्मका बालिकाहरु मन्त्र उच्चारण गर्दै लाम लागेर हिँडेको देखिन्छ। ती बालिकाहरुले प्रत्येक घरबाट अन्न लिएर नजिकैको मन्दिरमा दान गरेका थिए।

'समारोह'मा उपस्थित एक महिलाले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो गर्दा पानी पर्ने विश्वास भएको बताइन्।

दामोहका जिल्ला कलेक्टर एस क्रिश्न चैतन्यले बालिकाहरुका पितामाताले त्यसो गर्न सहमित जनाएको र आफू पनि सहभागी भएको बताए। 'यस्तो केशमा प्रसासनले गाँउलेलाई यो सब अंधविश्वास हो भनेर बुझाउनबाहेक केही गर्न सक्दैन,' उनले भने।

भारतीय कृषि क्षेत्रमा मनसुनी वर्षाले ठूलो भूमिका खेल्छ। प्राय: क्षेत्रहरुमा वर्षाका लागि विभिन्न परम्परा रहेको छ।

प्रकाशित मिति: : 2021-09-07 18:05:00

प्रतिकृया दिनुहोस्