अध्यादेश बजेटको असर : उधारोमा चल्दै सरकार

रातोपाटी

प्रयास श्रेष्ठ

शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आगामी बुधबार प्रतिनिधि सभा संसदमा अध्यादेश बजेट प्रतिस्थापन विधेयक, २०७८ टेबल गर्दैछ।अघिल्लो सरकारले प्रतिनिधि सभा (संसद) छलेर गत जेठ १५ गते चालू आर्थिक वर्षका लागि बजेट अध्यादेश ल्याएको थियो। नयाँ सरकार बनेसँगै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आफूअनुकूल प्रतिस्थापन विधेयक ल्याउन लागेको लागेका हो।

अर्थमन्त्री जनार्दन शर्माले पर्सी अर्थात् भाद्र २४ गते बिहीबार प्रतिनिधिसभा प्रारम्भ भएलगत्तै बजेट प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी छ।

तर, सरकारले बजेट परिमार्जनका लागि ढिला गरी हालैमात्र प्रतिस्थापन विधेयक ल्याउने तयारी गर्दैगर्दा यता मन्त्रालयहरू भने खर्च अभावमा रनभुल्ल परेका छन्। बजेट आएको तीन महिना बितिसक्दा सम्म बजेट कार्यान्वयन नहुँदा मन्त्रालय तथा विभागहरू अलमलमा परेका हुन्।

सरकारले प्रतिस्थापन विधेयकमार्फत् अघिल्लो सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम नै हेरफेर गर्ने भएपछि यतिखेर मन्त्रालयहरू आफ्ना के कति कार्यक्रमहरू समेटिने हुन् र केके कार्यक्रम खारेज हुन्छन् भन्ने अन्योलमा छन्।

प्रकाशित मिति: : 2021-09-07 15:43:00

प्रतिकृया दिनुहोस्